`

स्वास्थ्य लाभपछि काममा फर्किइन् दीपाश्री

Nepal One HD २९ भदौ २०८३ १५:०७
मनोरञ्जन

काठमाडौं । झण्डै दुई महिनाको उपचार र स्वास्थ्य लाभपछि निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला काममा फर्किएकी छन् ।

स्वास्थ्यमा सुधार आएपछि उनी यसैसाता चर्चित टेलिभिजन कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’को छायांकनमा सहभागी भएकी हुन् । लामो समयपछि सेटमा पुगेकी दीपाश्रीलाई कार्यक्रमका कलाकार तथा टिमले फूलको गुच्छा दिएर स्वागत गरेका थिए ।

सेटमा फर्किएपछि दीपाश्री प्रफुल्ल देखिएकी थिइन् । उनले उपचारका कारण रोकिएका आफ्ना अन्य कामलाई समेत निरन्तरता दिन थालेकी छन् ।

दीपाश्री ‘छ माया छपक्कै २’ र ‘पाँच पाण्डव’को डबिङ कार्यमा समेत सहभागी भएकी छन् ।

असार अन्त्यतिर उनको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको थियो । चिकित्सकको सल्लाहअनुसार स्वास्थ्य लाभपछि उनी पुनः काममा फर्किएकी हुन् ।

काममा फर्किएपछि उनका शुभेच्छुक तथा प्रशंसकले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै उनको पूर्ण स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *