जेनजी आन्दोलनमा रविसँगै फरार भएका प्रतिवादी पक्राउ
समाचार
काठमाडौं। लागूऔषध मुद्दामा कैद सजाय भोगिरहेका बेला जेनजी आन्दोलनका क्रममा फरार भएका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
ललितपुर महानगरपालिका-२१, सानो खोकना बस्ने लमजुङको बेँसीसहर नगरपालिका-३ घर भएका ४७ वर्षीय विक्रमबहादुर थापा पक्राउ परेका हुन्।
लागूऔषध मुद्दामा अदालतबाट थापालाई ३ वर्ष ६ महिना कैद र १ लाख ६० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको थियो। सोही फैसलाअनुसार कैद भुक्तान गरिरहेका थापा जेनजी आन्दोलनका क्रममा गत २०८२ भदौ २४ गते फरार भएका हुन्। सोही दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेत फरार भएका थिए।
फरार रहेका थापालाई प्रहरीले खोजतलासका क्रममा पक्राउ गरेको जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
