`

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय

Nepal One HD ८ असोज २०८३ ७:३३
राजनीति

कर्णाली। कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । वीरेन्द्रनगरमा बुधबार बसेको बैठकले प्रदेश सरकारको संस्थागत तथा व्यवस्थापनसँग सम्बन्धित निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता कल्याणी खड्काले जानकारी दिए।

बैठकले कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रिक्त प्रदेश सचिव पदमा डा चन्द्रप्रसाद रिसाललाई कामकाजका लागि खटाउने निर्णय गरेको छ ।

कर्णाली प्रदेश निजामती सेवा ऐन, २०८० अनुसार, एघारौँ तह वा सो सरहको पदमा पदस्थापन गर्ने अधिकार मुख्यमन्त्रीलाई प्रत्यायोजन गर्ने निर्णय बैठकले गरेको छ । उक्त निर्णयसम्बन्धी सूचना प्रदेश राजपत्रमा प्रकाशित गरिने प्रवक्ता खड्काले बताए ।

बैठकले कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको सचिवालयको सङ्गठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गरेको छ ।

त्यस्तै, कर्णाली प्रदेश सरकारका तर्फबाट जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडको सञ्चालक समिति सदस्यमा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, सुर्खेतमा कार्यरत योजना महाशाखा प्रमुख रमेश सुवेदीलाई मनोनयन गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *