नेकपा नेता अशोककुमार यादव ३ लाख रुपैयाँ धरौटीमा रिहा
समाचार
सर्लाही – नेकपा नेता अशोककुमार यादव तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। सर्लाही जिल्ला अदालतका न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले बुधबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
यादवविरुद्ध आपराधिक उपद्रव तथा कुटपिट गरी अंगभंग गरेको आरोपमा मुद्दा दर्ता भएको थियो।
उनी भदौ २३ गते ललितपुरको धापाखेलबाट पक्राउ परेका थिए।पक्राउपछि उनलाई सर्लाहील्याई अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
