संघीय गणतन्त्र र समावेशिताको रक्षाका लागि एकता आवश्यक छ भन्दै बोले प्रचण्ड
बिशेष
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले संविधानको रक्षा र प्राप्त अधिकारको संरक्षणका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यक रहेको बताएका छन्।
बुधबार पर्सामा आयोजित पार्टी एकता समायोजन तथा प्रशिक्षण कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र समानुपातिक प्रणालीलगायत संवैधानिक उपलब्धिको रक्षा गर्नुपर्ने बताए।
दाहालले कम्युनिष्ट शक्तिबीच कार्यगत एकता गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। सहसंयोजक माधवकुमार नेपालले पनि सामाजिक न्याय र समानतामा आधारित समाजवादका लागि कम्युनिष्ट एकता आवश्यक रहेको बताए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
