`

सोलुखुम्बुका सांसद प्रकाश सिंह कार्कीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी

Nepal One HD १९ असोज २०८३ ९:१७
राजनीति

काठमाडौं । सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाश सिंह कार्कीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। कांग्रेसको जारी १५औँ महाधिवेशनमा कार्कीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा पुगेका हुन्।

संसद् तथा विभिन्न समितिका बैठकमा सोलुखुम्बुसहित देशका समसामयिक समस्या, विकास र जनसरोकारका विषय निरन्तर उठाउँदै आएका कार्कीले पार्टीको केन्द्रीय नेतृत्वमा रहेर थप भूमिका निर्वाह गर्ने उद्देश्यसहित उम्मेदवारी अघि बढाउन लागेका हुन्।

हालै सम्पन्न नेपाली कांग्रेस सोलुखुम्बुको अधिवेशनबाट कार्की खुलातर्फ दोस्रो सर्वाधिक मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए। उनले ६४८ मत प्राप्त गरेका थिए ।

कांग्रेसको १५औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र भइरहेका बेला कार्कीले पनि केन्द्रीय सदस्यमा आफ्नो दाबी प्रस्तुत गर्न लागेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *