`

जावलाखेलमा ‘सबैभन्दा छिटो खाने’ प्रतियोगिता, विजेतालाई ५० हजार रुपैयाँ पुरस्कार

Nepal One HD २० असोज २०८३ १२:१६
खेलकुद

काठमाडाैं । जावलाखेलस्थित स्वादसत्कार मिक्स कजिनले सबैभन्दा छिटो खाना खाने व्यक्तिको छनोट गर्ने उद्देश्यले विशेष खानपान प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा विजेता बन्ने सहभागीले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन ४ सय रुपैयाँ शुल्क तोकिएको छ । प्रतियोगितामा १८ वर्ष वा सोभन्दा माथिका व्यक्ति सहभागी हुन पाउनेछन् । प्रतियोगितामा सहभागी हुन आयोजकको सामाजिक सञ्जाल पृष्ठलाई अनिवार्य रूपमा पछ्याउनुपर्ने व्यवस्था गरिएको छ ।

प्रतियोगिता एक सातासम्म सञ्चालन हुने बताइएको छ । प्रतियोगिताको अवधिमा सहभागीहरूले आफूलाई अनुकूल समयमा आयोजकको स्थानमा पुगेर तोकिएको खाना सबैभन्दा छिटो खाने प्रयास गर्न सक्नेछन् । सहभागीले खाना पूरा गर्न लागेको समयका आधारमा उत्कृष्ट समय निर्धारण गरिनेछ ।

प्रतियोगितामा सहभागीमध्ये सबैभन्दा कम समयमा पूरा खाना सकाउने १० जना अन्तिम चरणका लागि छनोट हुने आयोजकले जनाएको छ । तर तोकिएको खाना पूर्ण रूपमा नसकाएसम्म सहभागीको समयलाई मान्य नमानिने स्पष्ट पारिएको छ ।

आयोजकले प्रतियोगितालाई गिनिज विश्व कीर्तिमानमा नाम लेखाउने उद्देश्यसँग समेत जोडिएको जनाएको छ । प्रतियोगितामा यसअघि नै २०० जनाभन्दा बढी सहभागी भइसकेको आयोजकको दाबी छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिले आयोजकलाई सम्पर्क गरी दर्ता गर्न सक्नेछन् । आयोजकका अनुसार दर्ता तथा थप जानकारीका लागि ९८४९४१३२६९ र ९८५१०८७८७२ मा सम्पर्क गर्न सकिनेछ ।

प्रतियोगितामा सहभागी हुन चाहनेले ‘दर्ता’ भनेर जानकारी गराएपछि आयोजकले दर्ता प्रक्रिया र आवश्यक जानकारी उपलब्ध गराउने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *