`

विशेष महाधिवेशनप्रति प्रकाशमानको आपत्ति, भने– ‘विधान र प्रक्रिया पूरा भएको छैन’

Nepal One HD २२ असोज २०८३ २१:३४
बिशेष

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको विधान र प्रक्रिया मिचेर गरिने गतिविधिले कांग्रेस कमजोर हुने बताएका छन्।

बिहीबार काठमाडौं महानगर अधिवेशन उद्घाटन गर्दै सिंहले पार्टीभित्रको विवाद विधि र प्रक्रियाअनुसार समाधान गर्नुपर्ने बताए। उनले विशेष महाधिवेशनको प्रक्रिया विधानअनुसार पूरा नभएको दाबी गर्दै १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै १५औँ महाधिवेशन गर्नुपर्ने बताए।

‘यो पार्टीले चाहिँ के हो भन्दाखेरि पार्टीभित्रै विधिको शासन त हुनुपर्यो नि त। त्यो कारणले गर्दाखेरि अहिले जुन नेपाली कांग्रेसमा यो चाहिँ भनौं न पार्टीभित्र एउटा चाहिँ जुन अप्रजातान्त्रिक तवरले, अलोकतान्त्रिक तवरले पार्टीको विधान, नियम मिचेर जुन जबर्जस्त गरेर र चाहिँ यो चाहिँ के छ भन्दाखेरि देशी–विदेशी तत्त्वहरूको सहयोगमा कांग्रेस पार्टीलाई चाहिँ कमजोर पार्नको लागि किन कमजोर गर्नु पर्यो त भन्दाखेरि नेपाली कांग्रेस पार्टीले सबभन्दा बढी जोड के मा दिन्छ भन्दाखेरि नेपालको यो चाहिँ जुन हाम्रो चाहिँ देश छ, राष्ट्र छ, राष्ट्रियतामा हाम्रो चाहिँ बढी जोड छ,’ उनले भने।

विशेष महाधिवेशनको विषयमा बोल्दै सिंहले पार्टीको विधानअनुसार प्रक्रिया पूरा नभएको दाबी गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *