सरकारको कार्यशैलीले सुशासनमा आशंका बढायो भन्दै बोले शंकर पोखरेल
नेकपा एमाले
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार सुशासन, सेवा प्रवाह र लोकतन्त्रका सवालमा आफ्नै प्रतिबद्धताबाट पछाडि हटिरहेको आरोप लगाएका छन्।
नेकपा एमाले बागमती प्रदेश कमिटीद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले सार्वजनिक खरिदमा ई–बिडिङ प्रणाली हटाएर कागजी प्रक्रियामा फर्कन खोज्नुले ठेक्कापट्टामा हुने विकृति र अनियमिततालाई प्रोत्साहन गर्ने बताए।
पोखरेलले विद्युतीय प्रणालीमा देखिएका समस्या समाधान गरी त्यसलाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिए। उनले सरकारको कार्यशैलीले राजनीतिक स्थायित्व र सुशासनप्रति नागरिकलाई आश्वस्त पार्न नसकेको दाबी गर्दै निजामती प्रशासनलाई सरकारको आदेशपालकका रूपमा मात्र प्रयोग गर्न खोजिएको आरोपसमेत लगाए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
