`

२ सय २६ रनको विशाल लक्ष्य पछ्याउँदै भारत

Nepal One HD ६ कार्तिक २०८३ १५:२४
खेलकुद

काठमाडौं। ग्लेन फिलिप्सको आक्रामक ब्याटिङमा न्युजिल्यान्डले भारतविरुद्धको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा २० ओभरमा चार विकेट गुमाएर २२५ रन बनाएको छ । पाँच खेलको टी-२० शृङ्खलाअन्तर्गत बिहीबार क्राइस्टचर्चस्थित ह्याग्ली ओभलमा भएको खेलमा भारतले जितका लागि २२६ रनको लक्ष्य पाएको छ ।

न्युजिल्यान्डका लागि फिलिप्सले अविजित ८२ रन बनाए । उनले ४० बलको सामना गर्दै आठ चौका र तीन छक्का प्रहार गरे । मध्यक्रममा आक्रामक ब्याटिङ गरेका उनले बेभन ज्याकोबससँग चौथो विकेटका लागि ७३ रनको महत्त्वपूर्ण साझेदारी गरे । ज्याकोबसले १६ बलमा ३१ रन बनाए ।

त्यसअघि ओपनर फिन एलेनले पनि न्युजिल्यान्डलाई उत्कृष्ट सुरुवात दिलाए । उनले २४ बलमा पाँच चौका र दुई छक्काको मद्दतले ४५ रन बनाए । एलेन र टिम साइफर्टले पहिलो विकेटका लागि आक्रामक ब्याटिङ गर्दै भारतीय बलरमाथि दबाब सिर्जना गरेका थिए ।

भारतका लागि मयंक यादवले साइफर्टलाई २४ रनमा आउट गर्दै पहिलो सफलता दिलाए । त्यसपछि अक्षर पटेलले एलेनलाई ४५ रनमा पभेलियन फर्काए । एलेनको विकेट तिलक वर्माले लिए । ड्यारिल मिचेल २८ रन बनाएर आउट भए । उनलाई अर्शदीप सिंहको बलमा भुवनेश्वर कुमारले क्याच गरेका थिए ।

अन्तिम ओभरतिर फिलिप्स र ज्याकोबसले तीव्र गतिमा रन बटुल्दै न्युजिल्यान्डको स्कोर २०० पार पुर्‍याए । ज्याकोबस रनआउट भएपछि पनि फिलिप्सले आक्रामक ब्याटिङ जारी राखे । उनले भारतीय बलरलाई दबाबमा राख्दै टोलीलाई बलियो योगफलसम्म पुर्‍याए । भारतका अक्षर पटेल, अर्शदीप सिंह र मयंक यादवले एक-एक विकेट लिए ।

भारतको आक्रामक सुरुवात

२२६ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको भारतले सुरुवातमा आक्रामक सुरुवात गरेको छ। ओपनर अभिषेक शर्मा र सञ्जु सामसनले न्युजिल्यान्डका बलरविरुद्ध तीव्र गतिमा रन बनाइरहेका छन् ।

उपलब्ध प्रत्यक्ष अपडेटअनुसार भारतले ३ दशमलव १ ओभरमा बिना विकेटको क्षतिमा ४६ रन बनाएको छ। सामसन १५ बलमा २८ रन र अभिषेक शर्मा चार बलमा ११ रन बनाएर खेलिरहेका छन्। 

यसअघि भारतीय कप्तान श्रेयस अय्यरले टस जितेर पहिले बलिङ रोजेका थिए । अय्यरले वेस्ट इन्डिजविरुद्धको शृङ्खलाबाट ब्याटिङमा सकारात्मक पक्ष देखिएको उल्लेख गर्दै न्युजिल्यान्डविरुद्ध पनि त्यही लय कायम राख्ने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *