`

उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा

Nepal One HD ३० कार्तिक २०८३ २०:१३
समाचार

ललितपुर। उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ पर्वको मुख्य दिन आइतबार साँझ ललितपुरको कुपोन्डोल र सानेपास्थित राम मन्दिर राजतीर्थ पुगेर अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ दिएका छन्।

उपराष्ट्रपति यादवले पहिला कुपोन्डोलमा पुगेर र त्यसपछि सानेपास्थित राम मन्दिर राजतिर्थ फुटबल खेल मैदान अगाडि बागमती खोला किनारमा छठको पूजा गरेका हुन्। राजतीर्थमा छठ पूजामा सहभागी हुन आउनुभएका उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई छठ पूजा सेवा समाजका अध्यक्ष राकेश मेहेताले स्वागत गरेका थिए।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजा गरी यो पर्व मनाइन्छ । त्यस्तै, ललितपुरका नदी र पोखरीमा व्रतालु तथा श्रद्धालुले अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठी माताको पूजा गरेका छन् । बागमती, नख्खु, कुपन्डोल, विष्णुमती तथा बोजेपोखरीलगायत नदी तथा पोखरीमा व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठको पूजा सम्पन्न हुन्छ ।

सूर्य उपासनाको महापर्व छठको दोस्रो दिन आज देशभर खरना विधि मनाइँदैछ । छठ पर्वको महत्वपूर्ण विधिका रूपमा रहेको खरनामा व्रतालुहरू दिनभर उपवास बसेर साँझ विशेष पूजाआराधना गर्ने गर्छन् ।

खरनाका दिन व्रताहरूले माटोको नयाँ चुलोमा सख्खरको खीर र रोटी पकाएर छठी मातालाई चढाउने परम्परा छ । पूजापछि उक्त प्रसाद परिवारका सदस्यसँगै ग्रहण गरिन्छ । खरनाको प्रसाद ग्रहण गरेपछि व्रतीहरूले ३६ घण्टे निर्जला व्रत सुरु गर्छन् । यस अवधिमा उनीहरूले अन्न र पानीसमेत ग्रहण नगरी व्रत बस्ने परम्परा छ ।

छठ पर्वको तेस्रो दिन भोलि अस्ताउँदो सूर्यलाई अघ्र्य दिइनेछ । त्यसका लागि तराई-मधेससहित देशका विभिन्न स्थानमा नदी, पोखरी तथा जलाशयका घाटहरू सजाइएको छ । पर्वको अन्तिम दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ व्रत सम्पन्न हुनेछ । छठ पर्वमा सूर्यदेव र छठी माताको पूजा गरी परिवारको सुख, शान्ति, समृद्धि तथा सन्तानको दीर्घायुको कामना गर्ने धार्मिक विश्वास छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *