`

काठमाडौं–भैरहवा–लखनउ हवाई रुट दुईतर्फी बनाउने सहमति

Nepal One HD ७ मंसिर २०८३ १९:१४
प्रमुख खबर

काठमाडौं- नेपाल र भारतबीच काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुईतर्फी बनाउने सहमति भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको सहमतिलाई पर्यटनमन्त्री खडकराज पौडेलले ऐतिहासिक उपलब्धि बताएका छन्।

यसले भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। यद्यपि, रुट सञ्चालनका लागि आवश्यक प्राविधिक अध्ययन र प्रक्रिया पूरा हुन बाँकी छ।

१२ वर्षदेखि नेपालले उठाउँदै आएको मागमा राजनीतिक सहमति जुटे पनि आईकाओ प्रक्रिया र प्राविधिक अध्ययनपछि मात्र रुट औपचारिक सञ्चालनमा आउनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *