पूर्वी नेपालमा भूकम्पकाे धक्का, मानिसहरु निस्किए घरबाहिर
काठमाडाैं । देशकाे पूर्वी क्षेत्रमा भूकम्पकाे ठूलाे धक्का महसुस गरिएकाे छ ।
पाँचथरकाे तुम्बेवा गाउँपालिका १, आङ्नाकाे रातमाटेकी आइतरानी तामाङका अनुसार बिहान ७:३२ तिर भूकम्पकाे महसुस गरेकाे बताइन् ।
उनका अनुसार भूकम्पकाे ठूलै धक्का महसुस गरिएपछि घरबाहिर निस्किनुपरेकाे थियाे ।
‘आवाजसहित भूकम्प आयाे,’ उनले भनिन्, ‘हतारहतारमा घरदेखि बाहिर निस्किएँ ।’
सदरमुकाम फिदिममा पनि भूकम्पकाे महसुस भएकाे शिक्षक अमृता तामाङले बताइन् । उनले फेसबुकमा लेखेकी छन् ‘गज्जबले हल्लायाे ।’
यता काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्प र यसको केन्द्रविन्दुबारे अहिलेसम्म औपचारिक विवरण सार्वजनिक भएको छैन । तर नेपालको पूर्वी क्षेत्रस्थित नेपाल, भारत र भुटान तथा चीन क्षेत्र आसपास केन्द्रविन्दु भएर भूकम्प गएको गुगलमा देखिन्छ ।
लेलेपबाट ९ किलोमिटर टाढा केन्द्रविन्दु रहेको विवरण उल्लेख छ ।
