`

बालेन फर्किए, दुर्गा प्रसाईं दिल्ली हानिए

Nepal One HD १२ मंसिर २०८३ १३:०१
बिशेष

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) भारतको राजकीय भ्रमण सकेर काठमाडौं ओर्लिएको भोलिपल्टै दुर्गा प्रसाईं दिल्ली पुगेका छन्।

बालेनको भारत भ्रमण सकिन नपाउँदै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ अभियान चलाएर चर्चामा आएका प्रसाईंको सीमापार यात्राले राजनीतिक वृत्तमा नयाँ चर्चा जन्माएको छ।

प्रधानमन्त्री सोमबार साँझ भारतबाट फर्किए। प्रसाईं भने त्यसको भोलिपल्टै नयाँ दिल्ली पुगेको बताइएको छ। उनीनिकट स्रोतका अनुसार काकडभिट्टा नाका हुँदै सिलिगुडी पुगेका प्रसाईंको टोली बागडोगरा विमानस्थलबाट भारतीय आन्तरिक उडानमार्फत दिल्ली गएको हो।

संयोग कस्तो भने, भारतसँगको सम्बन्ध, राष्ट्रिय स्वाभिमान र सीमा विवादका विषयमा राजनीतिक बहस चलिरहेका बेला एकातिर प्रधानमन्त्रीको दिल्ली भ्रमण सकिएको छ, अर्कोतिर सरकारविरुद्ध सडकको राजनीति गर्दै आएका प्रसाईं दिल्ली पुगेका छन्। बालेनको भ्रमणको उपलब्धिमाथि समीक्षा भइरहेका बेला प्रसाईंको दिल्ली दौडले थप राजनीतिक जिज्ञासा जन्माएको छ।

दिल्लीबाट फर्किएपछि प्रसाईंले काठमाडौंमा पत्रकार सम्मेलन गर्ने तयारी गरेको बताइएको छ।

अब उनको पत्रकार सम्मेलनमा दिल्ली यात्राको हिसाबकिताब खुल्छ कि फेरि राष्ट्रवादकै नाराले विषयलाई ढाकछोप गर्छ, त्यो भने हेर्न बाँकी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *