नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना पुष्टी

जीवनशैली/स्वास्थ्य

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १९ पुगेको छ ।
शनिबार ४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३० जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । गत २४ घण्टामा देशभर १६९ पीसीआर परीक्षण भएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट