सभामुखमा एमालेका घिमिरेलाई भोट हाल्ने जनमत पार्टीको निर्णय
राजनीति
काठमाडौं । नेपाल जनमत पार्टीले सभामुखमा एमालेका देवराज घिमिरेलाई मत दिने भएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले सत्ता गठनबन्धनमै रहेकाले घिमिरेलाई मत दिने बताएका हुन् ।
राउतले यो सरकार र संसदले नश्लबादी चिन्तन देखाएको आसय व्यक्त गरे । प्रतिनिधिसभाको जारी बैठकमा मधेश आन्दोलनमा शहीद भएकाप्रति श्रद्धान्जली व्यक्त गरिएको छ ।
उनले मधेश आन्दोलनमा शहीद भएकाप्रति उठेर श्रद्धान्जली व्यक्त गर्न आग्रह गरेका छन् । त्यसपछि सांसदहरुले उठेर शहीदप्रति श्रद्धान्जली व्यक्त गरेका हुन् ।
शहीदप्रति पनि विभेद भएको भन्दै उनले आक्रोश पनि व्यक्त गरेका थिए । सरकार गठनका बेलामात्र राष्ट्रिय सहमतिको मात्र कुरा उठ्ने गरेको भन्दै उनले मधेशी, थारुसहितलाई बाहिर राखेर राष्ट्रिय सहमति नहुने बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
