`

मेरो मौनता आजसम्मका लागि मात्रै हो, म अभिमन्यु होइन : रवि लामिछाने

Nepal One HD १९ माघ २०७९ १३:५०
प्रमुख खबर

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् । बिहिबार आफ्नो सामाजिक सञ्जालमा मार्फत यस्तो चेतावनीयुक्त स्टाटस लेख्दै भनेका छन् , ‘म अभिमन्यु होइन ।’


उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमायस्तो लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आज सम्मका लागि मात्रै हो । म अभिमन्यु होइन ।’,
गत साता सर्वोच्च अदालतले उनको नेपाली नागरिकताको प्रमाणपत्र अवैध ठहर गर्दै सांसद, उपप्रधान तथा गृहमन्त्रीसहित सबै जिम्मेवारीबाट पदमुक्त गरेको थियो ।

गत आइतबार अमेरिकाको नागरिकता त्यागेको निस्सा पेस गरेर नेपाली नागरिकता प्रमाणपत्रलाई ब्युँताएका उनले त्यसयता गृहमन्त्री पदका लागि गरेको लविङको चौतर्फी आलोचना भइरहेको छ । उनी पुन : गृहमन्त्रालयमा फर्किन चाहेका छन् । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उनलाई गृहमन्त्री दिन सकारात्मक छैनन् ।

गठबन्धनको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने रविको पक्षमा उभिएका छन् । आज विराटनगर पुगेका ओलीले सञ्चारकर्मीसँग भने, रविलाई गृहमन्त्री बनाउन अदालतको पूर्णपाठ किन चाहियो ? कण्ठ गर्ने हो र पूर्णपाठ ? किन चाहियो पूर्णपाठ ? कुन कुन पार्टीले के-के लिन सहमति पहिल्यै भएको हो । त्यही अनुसार जानुपर्छ । रास्वपाले पनि आफूले पाउनुपर्ने कुरा दिनुपर्छ । छलफल भइरहेको छ । खटपट भएको छैन । हामीले गृह मन्त्रालय उहाँहरूलाई दिएका हौँ । रास्वपाले गृहमन्त्री रवि लामिछानेलाई बनाएको थियो । उनीहरूलाई गृह मन्त्रालय नदिने छुट्टै कुरा भएको भए त्यसले अप्ठ्यारो पैदा गर्छ तर, त्यस्तो भएको छैन ।’

माओवादीले भने गृहमन्त्रालयबारे निर्णयका लागि रविको फैसलाको पूर्णपाठ कुर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया