`

जसपाले उपराष्ट्रपति पाउने सहमति भएको छ : उपेन्द्र यादव

Nepal One HD १३ फागुन २०७९ १२:४१
राजनीति

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपति जसपा पाउने सहमति भएको बताएका छन् ।


शनिबार बाठमाडौँबाट जनकपुरधाम पुगेका अध्यक्ष यादवले संचारकर्मीसँग कुरा गर्दै भने पुरानो गठबन्धन पुनः ब्यूतिएपछि अब प्रदेशहरु आगामी दिनमा बलियो हुने दाबि गरेका हुन् ।

उनले भने, ‘अब बिस्तारै छलफल गर्दै अगाडि बढ्छौं । प्रदेश सरकारलाई स्रोत साधन र अधिकार सम्पन्न बनाउने छौं ।’

अध्यक्ष यादवले कर्मचारी प्रशासन र प्रहरी प्रशासन प्रदेश सरकारले नै परिचालन गर्नेगरी छलफल भएको पनि बताए । उनले उपराष्ट्रपति जसपा पाउने सहमति भएको बताएपनि कसलाई पठाउने खुलाएनन् ।


प्रतिक्रिया