`

जसपा सांसद रहमानको निधन

Nepal One HD १३ फागुन २०७९ १३:४५
प्रमुख खबर

काठमाडौं /  जनता समाजवादी पार्टी (जसपा) का सांसद सहनाज रहमानको निधन भएको छ । सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले उनको आज निधन भएको जानकारी दिएका हुन ।

उनका अनुसार सांसद रहमानको हृदयघातका कारण आज निधन भएको हो । केन्द्रीय सदस्य रहमान समानुपातिक सांसद थिइन ।

प्रतिनिधिसभा गठन भएपछि निधन हुने उनी पहिलो सांसद हुन । 
 


प्रतिक्रिया