सुन पानी र दुरा डाडे पछि राजु परियारको अर्को कालजयी गीत काटे पलाउँछ


काठमाडौँ – लोकप्रिय गायक राजु परियारको स्वर रहेको गीत काटे पलाउँछ बजारमा सार्वजनिक गरिएको छ।
लामो समय पछि गायक राजु परियारले आफूले काल झैँ गीत गाएको बताएका छन्। गायक राजु परियार लोक दोहोरी क्षेत्रको एक चर्चित मात्र नभई सदाबहार आवाज हो।
उनका बजारमा हजारौँ गीत बजिरहेका छन्। तर काटे पलाउँछ जस्तो गीत भने उनले लामो समयको अन्तरालपछि गाएको बताएका हुन।उनले भने मैले थुप्रै गीत गाएको छु मेरो लागि कुन गीत हिट भन्ने छैन तर मैले कुन गीतलाई हिट भनौँ दर्शकले सबै गीतलाई माया गरिदिनु भएको छ ।
तर मैले गाएका काल झैँ गीतमा काटे पलाउँछ गीत पर्छ । किन कि यतिको गीत वर्षमा मेरो लागि एक वा दुई सम्म पर्छन् । उनले भने यो गीत दर्शकको लागि र मेरो लागि सदाबहार हो।
गीतमा मेनुका परियारको पनि स्वर रहेको छ। गीतको शब्द नेत्र अर्यालले लेखेका हुन भने गीतको सङ्गीत एरेन्ज राजु सुनामले गरेका हुन । काटे पलाउँछ गीतलाई रङ्ग दर्पन म्युजिकले बजारमा ल्याएको छ।