`

राष्ट्रपतिको निर्वाचन पश्चात् देशमा वृहत् सहमतिको सरकार बन्छ : प्रकाशमान सिंह

Nepal One HD १८ फागुन २०७९ १६:०७
राजनीति

धनुषा – नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले राष्ट्रपतिको निर्वाचन पश्चात् देशमा वृहत् सहमतिको सरकार बन्ने बताएका छन् ।

बिहीबार धनुषामा सञ्चारकर्मीसँग कुरा गर्दै नेता सिंहले अहिले आठ दलबिच भएको सहमति अनुसार नै राष्ट्रपतिको निर्वाचन पश्चात् देशमा वृहत् सहमतिको सरकार बन्ने बताएका हुन् ।

उनले बिथोलिएको राजनीतिक वातावरण सही ट्याकमा आएको पनि बताए । निर्वाचन अघि बनेको गठबन्धन केही समय असहताका साथ अघि बढे पनि अहिले जनताको जनमत अनुरूपका राजनीतिक परिस्थिति निर्माण भएको उनले बताए । उनले राष्ट्रपतिमा रामचन्द्र पौडेलको जीत सुनिश्चित रहेकाले अव कुनै दुबिधा नराख्न आग्रह गरे ।

उनले हरेक चुनौतीको सामना गर्दै सहज राजनीतिक वातावरण निर्माण गरेर मुलुकलाई अघि बढाउने दायित्व सबै दलसामु आएको जिकिर गरे ।


प्रतिक्रिया