`

लोकतन्त्रको रक्षा गर्ने शर्तमा एमाले सबैसँग सहकार्य गर्न तयार छ: अध्यक्ष ओली

Nepal One HD २२ फागुन २०७९ १५:००
प्रमुख खबर

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र रक्षाका लागि एमाले पार्टीले सबैसँग सहकार्य गर्न तयार भएको बताएका छन् ।
सोमबार नेकपा एमालेले पार्टी केन्द्रीय कार्यलय च्यासमा सांसदहरूलाई प्रशिक्षण दिदै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै ओलीले भने, ‘लोकतन्त्रको रक्षा गर्ने शर्तमा एमाले काँग्रेससँग सहकार्य गर्न तयार छ। एमाले व्यक्तिगत स्वार्थका लागि कसैसँग सहमति गर्दैन तर राष्ट्रिय स्वार्थका लागि सबैसँग सहकार्य गर्न तयार छ ।’


प्रतिक्रिया