`

यसकारण बहराइन जाँदैछन् सभामुख घिमिरे

Nepal One HD २३ फागुन २०७९ १९:५७
राजनीति

काठमाडौं – सभामुख देवराज घिमिरे बहराइन जाने भएका छन् । सभामुख घिमिरे यही चैत २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका सङ्घको १४६ औँ बैठकमा भाग लिन त्यहाँ जाने भएका हुन् ।

उनी नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही फागुन २६ गते त्यसतर्फ जान लागेका हुन् । उनले त्यसबीचमा नेपालको तर्फबाट बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिनिधिमण्डलमा नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, नेकपा एमालेका तर्फबाट राष्ट्रियसभा सदस्य इन्दु खकडरीया, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार लगायत सहभागी हुनेछन् ।


प्रतिक्रिया