`

नागरिक उन्मुक्तिले रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गर्यो

Nepal One HD २६ फागुन २०७९ १२:५४
राजनीति

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीले रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । 

आज बिहान सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले दलकी अध्यक्ष र संसदीय दलको नेता समेत रहनुभएकी चाैधरीलाई उपराष्ट्रपतिकाे उम्मेदवार बनाउने निर्णय गरेको हाे । 

सत्ता गठबन्धनको तर्फबाट भने जसपाका नेता रामशहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । उपराष्ट्रपतिको निर्वाचन आउँदो चैत ३ गते हुँदैछ ।


प्रतिक्रिया