`

सत्य निरुपण तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन विधेयक संसदमा पेस

Nepal One HD ५ चैत २०७९ १४:४३
राजनीति

काठमाडौं – संसदमा बेपत्ता पारिएका व्यक्तिकको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ पेस गरिएको छ । 

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको तर्फबाट सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले उक्त विधेयक पेस गरेकी हुन् । 

सांसदद्वय ज्ञानबहादुर शाही र प्रेम सुवालले राखेको विरोधको सूचनालाई बैठकले अस्वीकृत गरेपछि मन्त्री शर्माले उक्त विधेयक पेस गरेकी हुन् । 
 


प्रतिक्रिया