`

प्रचण्ड नाङ्गो दलालीको रूपमा उभिनुभयाे : शंकर पोखरेल

Nepal One HD ८ चैत २०७९ १४:४५
राजनीति

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले १० प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नाङ्गो दलालीको रूपमा उभिएकाे बताउनुभएकाे छ । मिसन ग्रासरुट तथा राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा आयोजित बाँके जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले प्रचण्ड चरम दक्षिणपन्थी अवसरवादकाे चङ्गुलमा फसेकाे अाराेप लगाउनुभयाे । 

उहाँले दस दलीय गठबन्धन सरकार विस्तारलगतै भत्किने दाबी गर्नुभयाे। 

संविधानले २० मन्त्रालय र मन्त्री २५ भन्दा धेरै बनाउन निषेध गरेको बताउँदै उहाँले गठबन्धनका दलले २६ भन्दा बढी मन्त्रालय दाबी गरेकाले सरकार गठनअघि नै विवाद हुने र सरकार विस्तार लगत्तै गठबन्धन टुट्ने जिकिर गर्नुभयाे । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका पोखरेलले भन्नुभयाे, ‘एमालेले नचाहँदा नचाहँदै १० दलीय गठबन्धन सरकार विस्तारलगत्तै ढल्ने निश्चित छ,’ उहाँले भन्नुभयाे ।

पोखरेलले शेरबहादुर देउवा नेतृत्वको सरकारले देशमा आर्थिक संकट निम्त्याएकाले स्थायित्व, आर्थिक वृद्धि तथा समृद्धिका लागि एमालेले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाएको उल्लेख गर्नुभयाे । ‘हामीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को परिकल्पना गरेर पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनायौँ, तर उहाँ (पुष्पकमल) चरम दक्षिणपन्थी र नाङ्गो दलालीको रूपमा उभिनुभयो,’ महासचिव पोखरेलले भन्नुभयाे, ‘पुष्पकमल दाहालका कारण मुलुक फेरि अस्थिरतातर्फ धकेलिनेभयो ।


प्रतिक्रिया