`

भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी

Nepal One HD ९ चैत २०७९ ८:०३
मनोरञ्जन

मुम्बई, ९ चैत । भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी भएको छ ।निगमको घरवाट भएको सो चोरीका मामिलामा उनका पुर्व ड्राइभर अगम कुमारलाई गिरफ्तार गरिएको छ ।

गायककी बहिनि निकिताले मुम्बई प्रहरीमा उजुरी दिए पछि यो मामिला बाहिर आएको हो । 

अगमकुमार गायक निगमका आठ महिनासम्म ड्राइभर थिए, राम्रो काम नगरेको भनेर उनलाई केही समय अगाडी निकालिएको थियो ।

निगमको डिजिटल लकरवाट अघिल्लो दिन ४० लाख हराएको थियो भने दोस्रो दिन ३२ लाख हराएको थियो ।

निगमको घरवाट ठुुलो रकमको पैसा हराए पछि सिसिटिभी फुटेज हेरिएको थियो, जहाँ अगमकुमारले दुवै पटक ठुलो झोला लिएर बाहिर निस्किएको देखिएको थियो ।  

पक्राउ परेका उनले डुप्लिकेट चाबी प्रयोग गरेर उक्त रकम चोरी गरेको प्रहरी समक्ष स्विकार गरेको  बिविसी हिन्दीले जनाएको छ 


प्रतिक्रिया