`

संसदले जनताको अपेक्षा अनुसार काम गर्न सकेन : निशा डाँगी

Nepal One HD १२ चैत २०७९ १४:५४
राजनीति

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निशा डाँगीले निर्वाचन सम्पन्न भएको चार महिनामा संसद जनताको कामप्रति खडा हुन नसकेको बताएकी छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसदको काम कारवाही बारे असन्तुष्टि व्यक्त गरेकी हुन् ।

उनले भनिन्, ‘चार महिना भयो निर्वाचन सम्पन्न भएको । तर देश र जनताको पक्षमा यो सदनप्रति जनताले जुन अपेक्षा राखेका थिए, त्यसमा हामि खडा हुन नसकेको स्पष्टरुपमा आभास हुन थालेको छ ।’

सांसद डाँगीले राजनीतिक घटनाक्रम देखाएर संसद जनताका समस्याबाट पन्छिन नमिल्ने बताइन । उनले सभामुखलाई संसदीय समिति कहिले गठन हुन्छन्, कति दिन भित्र प्रतिनिधि सभाको नियमावली पारित हुन्छ भन्दै प्रश्न सोधेकी थिइन् ।


प्रतिक्रिया