`

एमाले नेतृत्वको सरकारले राम्रो काम गरेकाले कमजोर बनाउने खेल भयो – ओली

Nepal One HD १४ चैत २०७९ २१:४५
राजनीति

काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दश गठबन्धन र बाह्य शक्तिले एमालेलाई कमजोर बनाउने प्रयास गरेको बताएका छन् । मंगलबार एमालेको मिसन ग्रासरुट अभियानको क्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हु्न् ।

उनले एमाले नेतृत्वको सरकारले राम्रो काम गरेकाले कमजोर बनाउने खेल भएको बताए । उनले सरकारको नेतृत्व गर्ने अवसर पाएका बेला एमालेले देशमा राम्रो काम गरेको दाबी गरे सुरुदेखि हालसम्म एमाले सरकारमा रहेका बेला देशको विकास र समृद्धिमा असाधारणमा काम गरेको उनले बताए ।

एमालेको बढ्दो लोकप्रियता र जनलहरलाई रोक्न प्रतिक्रियावादीले भूमिका खेलेको भन्दै उनले त्यसतर्फ सचेत रहन पनि कार्यकर्तालाई निर्देशन दिए । उनले दश दलीय गठबन्धनले एमालेले अघि सारेका राम्रो योजनामा बजेट रोक्ने काम गरेको पनि बताए ।


प्रतिक्रिया