`

साना आयोजनामा नअल्झिओं, देखिने गरी काम गरौँ – मुख्यमन्त्री जम्मकट्टेल

Nepal One HD १५ चैत २०७९ ८:३०
राजनीति

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले साना आयोजनामा नअल्झिन सुझाव दिएका छन् । मंगलबार बनेपा नगरपालिकाको ४२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो सुझाव दिएका हुन् ।

उनले अब गाउँपालिकाले देखिने गरी काम गर्नुपर्ने बताए । उनले समाजले खोजेअनुसारका विकासका काम गर्न सबैलाई आग्रह गरे । उनले भने “वडादेखि केन्द्रसम्म समाज झल्कने प्रतिनिधित्व रहेकाले खोजेको अनुसारको विकास हुँदै गएको छ” प्रदेश सरकार विकासका काममा स्थानीय तहसँग सहकार्य गरेर नागरिकको चाहनाअनुरुपको काम गर्नमा दृढ रहेको उनको भनाई छ ।


प्रतिक्रिया