`

आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै

Nepal One HD १७ चैत २०७९ १०:४३
अर्थ समाचार

काठमाडौं / कान्तिपुर टेलिभिजन नेटवर्क कम्पनी लिमिटेडको विशेष साधारणसभा आज बस्दैछ । सभाबाट कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिनेछ । 

कम्पनीले ७ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न यसअघि नै सानिमा क्यापिटललाई नियुक्त गरिसकेको छ । कम्पनीले गत आर्थिक वर्षकोे नाफाबाट सेयरधनीहरुलाई बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय तीनकुने, काठमाडौंमा, दिउँसो १ बजेदेखि सुरु हुनेछ ।


प्रतिक्रिया