`

दुई अर्बभन्दा बढीको क्रिप्टो कारोबार, धनुषाका २८ वर्षीय युवक पक्राउ

Nepal One HD १४ कार्तिक २०८३ १३:४१
अर्थ समाचार

काठमाडौं । दुई अर्ब १६ करोड रुपैयाँभन्दा बढीको अवैध क्रिप्टो कारोबार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका–१२ का २८ वर्षीय सुनिलकुमार यादव रहेका छन्।

प्रहरीका अनुसार विभिन्न विद्युतीय माध्यम र अनलाइन बेटिङ एपमार्फत सट्टेबाजी खेल्ने तथा खेलाउने गतिविधिसँगै अवैध रूपमा क्रिप्टो करेन्सीको ठूलो कारोबार भइरहेको सूचनाका आधारमा यादवलाई पक्राउ गरिएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय धनुषासँग समन्वय गरी उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रारम्भिक अनुसन्धानबाट यादवले हालसम्म २ अर्ब १६ करोड १ लाख २० हजार ८ सय २१ रुपैयाँ बराबरको क्रिप्टो कारोबार गरेको खुलेको प्रहरीको भनाइ छ।

उनीमाथि अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ। प्रहरीले जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिएर घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *