`

सोलुखुम्बुको दिङ्बोचेमा होटलमा आगलागी

Nepal One HD १४ कार्तिक २०८३ १३:०६
समाचार
काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ दिङ्बोचेमा रहेको एक होटलमा आगलागी भएको छ।

दिङ्बोचेस्थित होटल गुडलकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डीएसपी नवीनराजा बुढाथोकीले जानकारी दिए।

उनका अनुसार प्रारम्भिक जानकारीमा ग्यास पल्टिएर आगलागी भएको खुलेको छ। आगलागीबाट हालसम्म कुनै मानवीय क्षति भएको छैन।

साथै, आगलागी भएपछि प्रहरी तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको डीएसपी बुढाथोकीले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *