`

ब्राजिलको राष्ट्रपति निर्वाचनलाई ट्रम्पले भने ‘लज्जास्पद’

Nepal One HD १४ कार्तिक २०८३ १२:५९
विश्व

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा सम्पन्न राष्ट्रपति निर्वाचनको आलोचना गर्दै त्यसलाई ‘लज्जास्पद’ र ब्राजिलियन जनताका लागि ‘अपमानजनक’ बताएका छन्।

वासिङ्टनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले निर्वाचनमा आफूले कुनै पनि उम्मेदवारको पक्ष नलिएको स्पष्ट पारे। तर निर्वाचनका क्रममा भएका घटनाक्रमबारे टिप्पणी गर्दै त्यसलाई शब्दमा बयान गर्नसमेत कठिन भएको उनको भनाइ थियो।

ब्राजिलको राष्ट्रपति निर्वाचनमा वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भाले पुनरागमन गर्दै जित हासिल गरेका छन्। यससँगै ८० वर्षीय लुला चौथोपटक राष्ट्रपति बन्ने भएका छन्। उनले दक्षिणपन्थी प्रतिद्वन्द्वी तथा लिबरल पार्टीका नेता फ्लाभियो बोल्सोनारोलाई झिनो मतान्तरले पराजित गरेका हुन्।

मतगणना लगभग सम्पन्न हुँदा दोस्रो चरणको निर्वाचनमा लुलाले ५०.८ प्रतिशत मत प्राप्त गरेका छन् भने फ्लाभियोले ४९.२ प्रतिशत मत पाएका छन्।

लुलाको जित निर्वाचनपूर्वका विभिन्न सर्वेक्षणको अनुमानविपरीत आएको हो। ती सर्वेक्षणमा फ्लाभियोलाई झिनो अग्रता देखाइएको थियो। यसअघि पहिलो चरणको मतदानमा फ्लाभियोले लुलालाई करिब दुई प्रतिशत विन्दुले पछि पारेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *