`

नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतबीच शुक्रबार पार्टी एकता हुँने

Nepal One HD २३ चैत २०७९ ७:१०
राजनीति

दुईवटा साना कम्युनिष्ट पार्टी बिच आज एकता हुदैँछ । 

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धमेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी(बहुमत) बीच एकता हुने भएको हाे । नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपा परित्याग गरी बास्तोलाले नेकपा बहुमत घाेषणा गरेर अलग्गै राजनीतिक गतिबिधि गर्दै अाएका थिए । 

नेकपा बहुमतका नेता धर्मेन्द्र वास्तोलका अनुसार इच्छुक प्रतिष्ठान घट्टेकुलोमा आज दुई पार्टीका बिचमा एकीकरण घोषणा सभा हुदैँछ । 


प्रतिक्रिया