`

नेपाललाई पर्यटकीय अन्तर्राष्ट्रिय गन्तव्यस्थलको रूपमा विकास गर्ने लक्ष्य

Nepal One HD २३ चैत २०७९ २०:२६
राजनीति

काठमाडौं – पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । बिहिबार सिंहदरबारमा सरकारमा रहेका १० दलका शिर्ष नेताहरुको सहभागीतमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।

सञ्चारमन्त्री रेखा शर्माले आज ‘संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’ सार्वजनिक गरेकी हुन् । उक्त कार्यक्रममा सरकारले नेपाललाई पर्यटकीय अन्तर्राष्ट्रिय गन्तव्यस्थलको रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।

कार्यक्रममा पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि आवश्यक योजना बनाउने कुरा समेटिएको छ । विमानस्थल, हवाई उड्डयन, हिमाली लोकमार्ग जस्ता पूर्वाधारको विकास गर्नुका साथै पर्यटकीय क्षेत्रका होटल, ट्राभल एजेन्सी, टे«किङ एजेन्सीलगायतका सेवा प्रदायकहरूको विकास तथा गुणस्तर व्यवस्थित गर्ने सरकारको प्राथमिकता रहेको छ । सांस्कृतिक, जैविक एवं भौगोलिक विविधतालाई पर्यटनको मुख्य क्षेत्रको रूपमा विकास गर्ने, राष्ट्रिय निकुञ्ज र आरक्ष क्षेत्रको उचित व्यवस्थापन गर्ने उल्लेख गरेको सरकारले निजगढ विमानस्थललगायत पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि आवश्यक योजना बनाउने भएको छ ।


प्रतिक्रिया