`

पार्टी एकताको सम्भावना भएका माओवादी घटकसँग एकता गर्दै जान्छौं – वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

Nepal One HD २६ चैत २०७९ २१:५४
राजनीति

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बृहत् समाजवादी मोर्चा गठनका लागि पहल भइरहेको बताउका छन् । आइतबार नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका उनले यस्तो बताएका हुन् । उनले ‘जनतासँग पार्टी अभियान’ मा प्राप्त सुझावका आधारमा पार्टीको पुनःनिर्माण गरिने बताए ।

उनले भने, “हामीले दुई महिनाका लागि अहिले जनतासँग पार्टी अभियान चलाएका छौँ । सबै नेता कार्यकर्ता अभियानमा तलैसम्म खट्नुहोला र जनताबाट सुझाव लिनुहोला । सोही सुझावका आधारमा आगामी दिनमा पार्टी पुनःनिर्माण गर्नेछौँ ।”

उनले पार्टी एकताको सम्भावना भएका माओवादी घटक र अन्यसँग एकता गर्दै जाने र तत्काल एकता सम्भव नभएका दलहरुका बीच समाजवादी मोर्चा बनाइने बताउ ।


प्रतिक्रिया