नारायणगढ–बुटवल सडकखण्डको काम चाँडो सम्पन्न गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
राजनीति
काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको काममा प्रगति भएको देखेर खुसी लागेको बताएका छन् । सोमबार सडकको स्थलगत अनुगमन गर्दै उनले विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको काम चाँडो सम्पन्न गर्न निर्देशन दिए ।
उनले भने “सडक अनुगमनका क्रममा काम सन्तोषजनक देखियो । यतिमै खुसी हुने अवस्था भने छैन”, उनले थपे, “एकपटक म्याद थप भइसकेको आयोजनाको काम गुनासो नआउने गरी चाँडो सम्पन्न गर्नुहोला ।”
आफू भौतिक पूर्वाधारमन्त्री हुँदा सो सडकको निरीक्षण गरेको बताउदै उनले त्यस बेलामा सडकलाई कसरी चाँडो सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा निर्देशन दिएको बताए । त्यसपछि अहिले तीव्र गतिमा काम हुन थालेको आफ्नो निरीक्षण र निर्देशनको परिणाम भएको उनले बताए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
