`

उद्योग वाणिज्य महासङ्घ एसोसिएटतर्फ उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी

Nepal One HD ३० चैत २०७९ ११:०२
प्रमुख खबर

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचनको जारी मतगणनामा एसोसिएटतर्फ उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी हुनुभएको छ ।

कूल १ हजार ६५० मत खसेकोमा श्रेष्ठले ८४६ मत ल्याउँदै  विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी भरत आचार्यले ७८१ मत ल्याउनुभएको निर्वाचन समितिले जनाएको छ । आचार्यलाई ६५ मत अन्तरले पराजित गर्दै श्रेष्ठ विजयी हुनुभएको हो ।

महासङ्घको नयाँ नेतृत्व चयनका लागि काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा बुधवार मतदान भएको थियो।


प्रतिक्रिया