`

नेकपा एसको संगठन सुदृढीकरण अभियान दुई महिना थप

Nepal One HD ५ वैशाख २०८० १३:२३
राजनीति

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले सङ्गठन सुदृढीकरण विशेष अभियान दुई महिना थप गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय तीनकुनेमा मंगलबार बसेको सचिवालय बैठकले सङ्गठन सुदृढीकरण विशेष अभियानको म्याद आगामी जेठ मसान्तसम्म रहने गरी २ महिनालाई थप गरिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका हुन् । सचिवालयको निर्णय अनुसार पार्टी सङ्गठनले त्यसै अनुसार कार्ययोजना निर्माण गरी अघि बढ्ने उनले बताए ।

बैठकमा वैशाख ९ र १० गते मनाउने नेपाल कम्युनिस्ट पार्टीको ७४ औँ स्थापना दिवसको तयारीका विषयमा छलफल भएको थियो ।


प्रतिक्रिया