`

हिन्दु राष्ट्र माग्दै राप्रपा सांसद जैसवालले वाचन गरिन् प्रतिनिधि सभामा गायत्री मन्त्र र जय श्रीरामको नारा

Nepal One HD ५ वैशाख २०८० १४:३२
राजनीति

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद विना जैसवालले प्रतिनिधिसभा बैठकमा हिन्दू राष्ट्र माग्दै गायन्त्री मन्त्र र जय श्रीरामको नारा लगाएकी छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा उनले गायत्री मन्त्र वाचन गर्दै कुनै पनि धर्ममा भेद नरहेको सबै धर्म समान रहेको भन्दै नेपाल हिन्दु राष्ट्र हुनुपर्नेमा जोड दिइन् ।

उनले भनिन्, ‘आइ स्ट्रोङली विलिभ इन अल द रिलिजन आर सेम । इन फ्याक्ट माइ ड्यु रेस्पेक्ट अल द रिलिजन बट माई रिलिजन इज माई प्राइड । कुनैपनि धर्ममा भेद छैन, मान्छेको मनमा भेद छ । सर्वधर्म सम्पन्न हिन्दू राष्ट्र नेपाल कायम होस, जय श्रीराम ।’


प्रतिक्रिया