`

थप उपचारका लागि राष्ट्रपति पौडेललाई भारत लगियो

Nepal One HD ६ वैशाख २०८० १०:५६
राजनीति

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली लगिएको छ ।

मंगलबार साँझ महाराजगन्जस्थित राष्ट्रपति भवन शीतल निवासमै बेहोस भए पछि उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरीएको थियो ।

राष्ट्रपतिको सचिवालयको अनुसार राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्समार्फत केही बेरअघि नयाँ दिल्ली लागिएको हो।  

राष्ट्रपति पौडेललाई थप उपचारका लागि नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस ९एम्स० लागिएको हो ।

यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो ।


प्रतिक्रिया