`

संसदमा युवराज सफललाई कारबाही गर्न माग

Nepal One HD ६ वैशाख २०८० १५:४०
राजनीति

काठमाडौँ – नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले युवराज सफललाई कारबाही गर्न माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले तथ्यहीन आरोप लगाएकाले कारबाहीको माग गरेका हुन् । उनले दोहोरो नागरिकता लिएको विषयमा पौडेलले गृहमन्त्रालयमा दिएको उजुरीप्रति आपत्ति जनाउदै आधारहिन कुरालाई लिएर भ्रमछर्ने काम नर्गन आग्रह गरे ।

उनदे भने, ‘मेरो सन्दर्भमा यस्तो गम्भीर आरोप लगाएर झूटा र आधारहीन समाचारप्रति गहिरो दुःख व्यक्त गर्दछु । ममाथि लगाइएको आरोप पुष्टि गर्न ठाडो चुनौती दिन्छु ।’

मन्त्रीको जिम्मेवारी सम्हालिसकेको आफू जस्तो व्यक्तिमाथि लगाइएको यस्तो आरोपले जिम्मेवार नागरिकको प्रतिष्ठामा गम्भीर चोट पुगेको उनको भनाइ छ ।

पौडेलले पूर्वमन्त्री बडूसहित केही व्यक्तिहरुको दोहोरो नागरिकता रहेको भन्दै छानबिन गर्न गृह मन्त्रालयमा उजुरी दिएका थिए ।


प्रतिक्रिया