`

समाजवादी व्यवस्थाले मात्रै समाजमा देखिएका अनैतिकताहरू समाप्त हुँदैन : झलनाथ खनाल

Nepal One HD ६ वैशाख २०८० १६:४३
राजनीति

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी व्यवस्थाले मात्रै समाजमा देखिएका अनैतिकताहरू समाप्त हुने बताएका छन् ।

बुधबार काठमाडौँमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले आयोजना गरेको कार्यक्रममा खनालले मुलुकमा समाजवादी व्यवस्था स्थापना गरेर मात्रै समाजको दमन, शोषण, भ्रष्टाचार समाप्त हुने बताएका हुन् । उनले आफ्ना पार्टीका सङ्गठनहरूको चरित्र समाजवादी चरित्र भएको जिकिर गरे ।

उनले आजको शिक्षा प्रणालीले जनताले चाहेको शिक्षा नपाईरहेको भन्दै समाजवादी शिक्षा प्रणालीमा रूपान्तरण गर्नुपर्ने धारणा राखेका छन् । ठोस कार्यदिशाका साथ सङ्गठनलाई अघि बढाउनका लागि अनेरास्ववियुलाई उनले निर्देशन दिए ।


प्रतिक्रिया