`

आज देखी प्रि बजेटका बारेमा छलफल सुरु

Nepal One HD २५ वैशाख २०८० ८:३८
प्रमुख खबर

काठमाडौं । आजदेखी प्रि बजेटका बारेमा छलफल हुने भएको छ । आइतबार बसेको प्रतिनिधिसभा कार्य ब्यवस्था समितिको बैठकले प्रि बजेटका बारेमा छलफल गर्ने निर्णय गरेको हो । छलफल तीन दिनसम्म चल्नेछ । बैशाख २५ देखी २८ गतेसम्म प्रि बजेटका बारेमा छलफल हुनेछ ।

छलफल बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म गरिने र छलफलको अन्तिम दिन अर्थमन्त्री प्रकाशरण महतले जवाफ दिने गरी कार्यतालिका तय भएको एक नेताले बताए ।
 
बजेटको बिषयमा गत बुधवार बसेको नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठकमा पनि छलफल भएको थियो । शुक्रवार र शनिवार बसेको गठबन्धनको बैठकमा पनि सरकारको आगामी बजेट तथा नीति तथा कार्यक्रमका बारेमा शिर्ष नेताका बिचमा छलफल भइसकेको छ ।


प्रतिक्रिया