`

प्रतिनिधिसभा बैठकमा सांसद डा.अमरेशकुमार सिंहले आफ्नो कपडा फुकाले

Nepal One HD २५ वैशाख २०८० ११:३८
प्रमुख खबर

काठमाडौं – प्रतिनिधिसभा बैठकमा स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले आफ्नो कपडा फुकालेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आफुलाई बोल्न समय नदिएको भन्दै बैठक सुरु हुनासाथ उठेर विरोध गर्दै सिंहले कपडा फुकालेर विरोध गरेका थिए ।

सिंह उठेर लुगा खोल्दै नाङगो भएपछि सभामुखले असभ्य व्यवहार नदेखाउन चेतावनी दिएका थिए ।

सिंहले संसद बैठकमा असभ्य व्यवहार देखाएपछि अन्य सांसदहरुले समेत विरोध गरेका थिए ।


प्रतिक्रिया