एमाले भ्रष्टाचारीलाई संरक्षण गर्ने पार्टी हैन : महेश बस्नेत

प्रमुख खबर

काठमाडौँ – नेकपा एमालेका नेता महेश बस्नेतले एमाले भ्रष्टाचारीलाई संरक्षण गर्ने पार्टी नभएको बताउनु भएको छ ।
सोमबार एमाले निकट युवा–विद्यार्थीले काठमाडौंमा गरेको शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै उहाँले एमालेको नाममा कोही लुकेर बसेको छ भने उनीहरुलाई सबैभन्दा पहिले कारबाही गर्नुपर्ने बतानु भयो ।
उहाँले भन्नुचयो, ‘एमाले भ्रष्टाचारीलाई संरक्षण गर्ने पार्टी हैन, कोही पार्टीको आडमा बसेर त्यस्तो गतिविधि गर्छ र पार्टीकै नाममा लुकेर बस्छ भने सबै भन्दा पहिला त्यस्ता व्यक्तिलाई कारबाही गर्नुपर्छ ।’
एमालेको युवा र विद्यार्थीहरू आज काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य कलेजबाट प्रज्ञा भवनसम्म मार्चपाससहित शक्ति प्रदर्शन गरेका छन् । नेकपा एमालेविरुद्ध लागेको आरोपको प्रतिरोध गर्नका निम्ति शक्ति प्रदर्शन गरिएको उहाँँले जानकारी दिनु भयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट