`

कांग्रेस प्रवक्तालाई पत्रकारको प्रश्न : नक्कली भुटानी शरणार्थी प्रकरणमा सभापति देउवा किन मौन ?

Nepal One HD २ जेठ २०८० १२:४५
राजनीति

काठमाडौं – अर्थ मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी सभापती किन मौन रहेको भन्दै पत्रकारहरुले प्रश्न सोधेका छन । 

मंगलबार बिहान बत्तीसपुतलीको एक क्याफेमा पत्रकार सम्मेलन गर्दै महतले सभापति शेरबहादुर देउवा पनि यो प्रकरणको निष्पक्ष र स्वतन्त्र अनुसन्धानको पक्षमा रहेको बतापछि उनीहरुले आरजु राणाको नामसमेत जोडिएको यो प्रकरणमा देउवा किन चुप भन्दै प्रश्न गरेका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण पक्राउ परेपछि कांग्रेसका प्रवक्ताले ब्ज पहिलो पटक पत्रकार सम्मेलन गरेका हुन्।

देउवा किन मौन भन्ने प्रश्नमा प्रवक्ता महतले सभापतिको धेरै बोल्ने बानी नरहेको बताएका छन् ।  यही प्रकरणमा एक अडिओमाथि प्रहरीले छानबिन गरिरहँदा कांग्रेस सांसद मञ्जु खाणबारे अनेक  चर्चा भइरहेका छन्। उनी अहिले कहाँ छिन भन्ने प्रश्नमा महतले  उहाँ पार्टीको केन्द्रीय सदस्य हो। केन्द्रीय सदस्यलाई हामीले फलो गर्दैनौंभन्ने जवाफ दिए ।

खाणका श्रीमान बालकृष्ण खाण गत साता पक्राउ परेपछि मञ्जु सार्वजनिक रूपमा देखिएकी छैनन्। उनी संसद बैठकमा पनि अनुपस्थित भएकी छन्।

प्रवक्ता महतले अर्की सांसद आरजु राणा र मञ्जु खाणबारे अहिले मिडिया ट्रायल भइरहेको तर्क गरे।

‘आरजुले त्यो अडिओ फेक हो भने साइबर ब्युरोमा उजुरी पनि दिइसक्नुभएको छ। हामीलाई पनि त्यो फेक हो भन्ने लाग्छ,’ महतले भने,‘अहिले उहाँहरूविरूद्ध मिडिया ट्रायल भइरहेको छ।’


प्रतिक्रिया