प्रधानमन्त्री प्रचण्डको जवाफ चित्तबुझ्दो भएन : याेगेश भट्टराई

प्रमुख खबर

काठमाडौं – नेकपा (एमाले) का सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएको जवाफ चित्तबुझ्दो नभएको टिप्पणी गर्नु भएको छ ।
बिहीबार संसद्मा सांसदहरूले गरेको प्रश्नहरूको जवाफ प्रधानमन्त्री प्रचण्डले चित्तबुझ्दो नदिएको भट्टराईले बताउनुभयो ।
“संसद्को प्रश्नोत्तर कार्यक्रम नै जीवन्त छैन पहिलो कुरा । प्रश्न पहिले सोधेर उत्तर पछि ल्याएरचाहिँ जीवन्त हुँदैन । प्रश्नोत्तर जीवन्त हुनुपर्छ। माननीयहरूले त्यहीँ सोध्ने र प्रधानमन्त्रीले त्यहीँ जवाफ दिने गर्नुपर्छ । त्यो कर्मकाण्डी भयो । थुप्रै कुराहरू उठेका छन्, त्यसमा प्रधानमन्त्रीको स्पष्ट जवाफ छैन,” भट्टराईले भन्नुभयो ।
त्यहीँ सवाल(जवाफ गर्न पाउने संसदीय अभ्यास नरहेको भन्दै आज उठेका सवालहरूका बारेमा फेरि पनि संवाद तथा छलफल हुनुपर्ने उहाँले बताउनुभएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट