`

राजश्व उठाउनका लागि प्रधानमन्त्रीले दातृ निकायसँग गुहार माग्नु आफैंमा लज्जास्पद हो : केपी शर्मा ओली

Nepal One HD ७ जेठ २०८० १२:३६
प्रमुख खबर

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारको असफलताको दस्तावेजको रुपमा सरकारको नीति कार्यक्रम आएको बताएका छन् ।

संसदको बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले राजश्व उठाउनका लागि प्रधानमन्त्रीले दातृ निकायसँग गुहार माग्नु आफैंमा लज्जास्पद भएको बताएका हुन् ।

राष्ट्रिय तथ्यांक कार्यलयले एक प्रकारको आर्थिक वृद्धिदर एकातिर देखाउने,अर्थमन्त्रीले अर्कोतिर देखाउने,प्रधानमन्त्रीले अर्कैतिर देखाउने कुनलाई पत्याउने भनेर प्रश्न गरेका छन् ।

अध्यक्ष ओलीले आफ्नो कालमा विश्वका १० वटा द्रुत आर्थिक विकास भएका देशमा उक्लिएकोे नेपाललाई गठबन्धनले नागपासा खेले झैं ९९ वटा दुईमा झारेको बताएका छन् ।


प्रतिक्रिया